kumari
stcnepal

नेपाल टी २० : काठमाडौं नाइट्सको विजयी सुरुवात

काठमाडौं नाइट्सले पहिलो संस्करणको नेपाल टी २० फ्रेन्चाइज लिगमा विजयी सुरुवात गरेको छ । कीर्तिपुर स्थित त्रिवि खेल मैदानमा भएको खेलमा काठमाडौंले पोखरा एभेन्जर्सलाई २६ रनले हरायो । एक सय ६३ रनको मध्य लक्ष्य पछ्याएको पोखरा १९ ओभरमा सात सवै विकेट गुमाउँदै एक सय ३६ रनमा सिमित बनेको थियो । ओपनर उपुल थरङ्गाले बलियो सुरुवात गरे पनि बाँकी खेलाडीले साथ नदिँदा पोखरा पहिलो खेलमै स्तब्ध बन्यो । श्रीलंकाका ओपनर उपुलले पोखराको लागि ३४ बलमा ६ छक्का सहित ४४ रन बनाएका थिए ।

आरिफ शेखले २० रन बनाउँदा अमिर हाम्जा, अभिमन्यु मिथुनले समान १८ रन जोडे । सिद्धान्त लोहनी १३ रनमा अविजित रहे । बाँकी खेलाडीले भने दोहोरो अंक बनाउन सकेनन् । बलिङ तर्फ काठमाडौंका अभिनाश बोहराले सर्वाधिक तीन विकेट लिए । यसैगरी, बसिर अहमदले २ तथा अनिल खरेलले १ विकेट लिएका थिए ।

यसअघि टस जितेर निर्धारित १९ ओभरमा चार विकेट गुमाउँदै एक सय ६२ रनको योगफल तयार पार्‍यो । निर्धारित समयमा खेल सुरु नभएपछि एक ओभर खेल छोट्याइएको थियो । काठमाडौंका अज्मतुल्लाह ओमार्जाइले सर्वाधिक अविजित ८५ रन बनाए । ४२ बलको सामना गरेका ओमार्जाइले ४२ बलमा तीन चौका र सात छक्का प्रहार गरेका थिए ।

सुनम गौतमले २८ बलमा दुई चौका सहित २७ रन बनाएका थिए । ओमार्जाइ र सुनमले छैटौं विकेटका लागि एक सय १४ रनको बलियो साझेदारी गर्दै बलियो स्थितिमा पुर्‍याए । एलेक्स ब्लेकले २२ बलमा २१, भिरन्दीप सिंहले १५ बलमा १० रनको योगदान गरे । बाँकी खेलाडीले दोहोरो अंक बनाउन सकेनन् ।

ओपनर सन्तोष कार्कीले तीन, कप्तान ज्ञानेन्द्र मल्ल शुन्यमा आउट भए । पोखराका प्रतिस जिसी र जाहि खानले दुई दुई विकेट लिए । मौसम ढकालले एक विकेट लिए । आजै हुने दोस्रो खेलमा लुम्बिनी अल स्टार्सले फार वेस्ट युनाईटेड सँग खेल्नेछ ।

footer