kumari
stcnepal

ब्राजिलका विश्वविख्यात फुटवल खेलाडी पेलेको निधन

विश्वविख्यात फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ। क्यान्सर बाट पीडित ब्राजिलका फुटबलर पेलेको उपचार भइरहेको साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पतालले स्थानीय समय अनुसार दिउँसो ३ः२७ बजे उनको मृत्यु भएको जानकारी दिएको छ।

१७ वर्षको उमेरमा अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका उनको खेल जीवनमा उनले सन् १९५८ देखि १९७० को बीचमा चार पटक विश्वकप प्रतियोगितामा भाग लिए। तीमध्ये तीन वटा ब्राजिल आफैंले जितेको थियो। पेलेले सन् १९५८, १९६२ र १९७० मा विश्वकप जितेका थिए।उनले विश्वकपका कुल १४ वटा खेलमा १२ गोल गरेका थिए। सन् २००० मा फिफाले उनलाई दशकको खेलाडी घोषणा गरेको थियो ।

 

footer