kumari
stcnepal

आज सुदूरपश्चिम , कर्णाली र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं ।हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाले मंगलबार देशभरको मौसम आंशिक देखि सामान्य बदली रहेको जनाएको छ । महाशाखा अनुसार यस्तो छ आज मंगलबारको मौसमः

२०७९ माघ १७ गते (मंगलबार)

दिउँसोː देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

रातीː देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आँशिक बदली देखि सामान्यतया मौसम सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श:

सुदूरपश्चिम प्रदेश, कर्णाली र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको र देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको साथै तराईका केही स्थानहरूमा बिहानीपख लाग्ने हुस्सु/कुहिरोका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउनु हुन अनुरोध छ ।

 

footer