kumari
stcnepal

कस्तो रहला आजको मौसम ?

काठमाडौँ ।हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार प्रदेश एक, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

राति पनि प्रदेश एक, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । तराईका थोरै भू–भागमा बिहानी पख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको भन्दै महाशाखाले मौसमी सूचना तथा पूर्वानुमान बारे अद्यावधिक रहन अनुरोध गरेको छ ।

footer