kumari
stcnepal

संस्कार राम्रो भएन त्यही भएर बिग्रिएको हो : माधव नेपाल

हेटौंडा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै आफूहरुलाई हेप्ने काम गरिएको टिप्पणी गरेका छन् ।

हेटौंडामा शनिबार पार्टीको मकवानपुर जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै नेता नेपालले ओलीमा देखिएको अहंकारका कारण २०७४ सालको आम चुनावमा तत्कालिन नेकपाले पाएको झण्डै दुई तिहाइ मतको सदुपयोग हुन नसकेको बताए । `कोहीकोहीको काम के छ भने हामीलाई हेप्ने । हेप्ने ! भनेर भन्छन् तर त्यसरी चिढ्याउने काम हामीलाई आउँदैन । संस्कार राम्रो भएन त्यही भएर बिग्रिएको हो । हाम्रो पार्टी संस्कारयुक्त, गर्व गर्नलायकको, सम्मान गर्ने खालको हुन्छ´, नेपालले भने ।

उनले आफू सरकार फेरबदलको चिन्तामा नरहेको भन्दै देश बनाउने पक्षमा मात्रै चासो र चिन्ता रहेको बताए । नेता नेपालले अहिले देशमा प्रतिगामी र दक्षिणपन्थी शक्ति सलबलाउन थालेको पनि टिप्पणी गरे ।

footer