kumari
stcnepal

क्रिकेट विजेता खेलाडीलाई प्रति व्यक्ति दुई लाख पुरुस्कार दिने प्रधानमन्त्रीको घोषणा

काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आईसीसी विश्वकप लिग-२ का विजेता खेलाडीलाई प्रतिव्यक्ति दुई लाख रूपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् । प्रधानमन्त्री प्रचण्डले बिहीबार विजेता खेलाडीहरूलाई बालुवाटार बोलाएर बधाई दिनुका साथै पुरस्कार समेत दिने घोषणा गरेका हुन् ।

खेलाडीहरूलाई बधाई दिँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘तपाईंहरूले नयाँ रेकर्ड बनाउनुभएको छ, इतिहास रच्नुभएको छ । चार खेलमा पूरै विजय हासिल गरेर क्लिनस्वीप गर्नुभएको छ । यो देशकै गौरव हो ।’

footer