kumari
stcnepal

यु – १९ विश्वकप छनोट : नेपालले कुवेतलाई दियो ३४४ रनको लक्ष्य

काठमाडाैँ- आइसिसी यु-१९ विश्वकपको एसिया छनोटको आफ्नो दोस्रो खेलमा नेपालले कुवेत समक्ष ३४४ रनको विशाल स्कोर प्रस्तुत गरेको छ। निर्धारित ५० ओभरमा नेपालले ७ विकेट गुमाएर ३४३ रनको स्कोर तयार गरेकाे हाे। नेपालको उच्च स्कोरमा अर्जुन साउद र देव खनालले शतकीय इनिङ खेलेपछि कुवेतलाई विशाल स्कोर दिन नेपाली युवा टिम सफल भयो।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि देव खनालले १२५ रनको सानदार शतकीय इनिङ खेले। त्यस्तै, अर्जुन कुमालले १०८ रनको शतकीय इनिङ खेल्दा नेपालले उच्च स्कोर बनायो। ओपनर कुमालले ११२ बलमा १२ चौका प्रहार गर्दा खनालले ११७ बलमा ९ चौका र ३ छक्का प्रहार गरे। त्यस्तै, दीपक बोहराले १३ रन बनाउँदा विशाल विक्रम केसीले २३ रन बनाए।

थप दोहोरो स्कोरका रूपमा दीपक बोहोरा ‘बी’ को १९ रन रहँदा दीपकप्रसाद डुम्रेले २० रनको अविजित इनिङ खेले।

footer