kumari
stcnepal

कांग्रेस–एमालेलाई दबाबमा राख्न समाजवादी मोर्चाको प्रयास

 

काठमाडौ । पुस १० गते नेकपा एमाले र माओवादी सहितका अन्य दलको सहमतिमा प्रधानमन्त्रीमा नियुक्त भएका पुष्पकमल दाहाल नेतृत्वको सरकारमा नेकपा एमाले सहितका दलहरुसँगको गठबन्धन तोडेर पुष्पकमल दाहाल कांग्रेसको शरणमा पुगे । कांग्रेसले जसरी भएपनि राष्ट्रपति आफ्नो पार्टीले पाउनुपर्ने बताउँदै आएको र माओवादीले साथ नदिएसम्म उसले राष्ट्रपति पाउने सम्भावना नै थिएन । त्यही कारणले गर्दा पुस २६ गते कांग्रेसले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएर ढोक्सा थापेको थियो ।
अहिले दाहाल कांग्रेसको ढोक्सामा परेका छन् । सिद्धान्त र नीति नै नमिल्ने कांग्रेससँग किन दाहाल जोडिन पुगे ? अहिलेको महत्वपूर्ण प्रश्न भनेको त्यही हो । पुष्पकमल ाहाललाई राण्नीतिक अस्थिरताका पात्रका रुमपा लिइन्छ । उनी जसरी हुन्छ जे गर्दा हुन्छ जोसँग जस्तो सम्झौता गर्दा हुन्छ त्यस्तै सहमति र सम्झौता गरेर सत्तामा टिकिरहन चाहान्छन् त्यसैको परिणाम स्वरुप उनी कांग्रेसको शरणमा पुगेका हुन् ।
पछिल्लो समयमा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले माओवादी घारमा रहेका र माओवादीबाट विभाजित भएका दलहरुलाई एकै ठाउँमा ल्याउने प्रयास गरेर भ्यागुताको धार्नी पु¥याउन खोजेका थिए तर उनी असफल भए । अहिले फेरी उनले समाजवादी मोर्चा बनाउने माला जप्न थालेका छन् । माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजावदी बीचमा समाजवादी मोर्चा बनाउने रणनीतिमा उनी लागि परेका छन् ।
जनता समाजवादी पार्टीका विरुद्धमा जनमत, नागरिक उन्मुक्ति र लोकतान्त्रिक समाजवादी पार्टीले मोर्चा बन्दी गरेपछि जनता समाजवादी पार्टी एक्लिएको हुनाले जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलाई छटपटी बढेको र गएको निर्वाचनमा समेत उनी पराजित भएका हुनाले अहिले उनी माओवादीको सहयोग लिएरै भएपनि सांसद बन्न चाहिरहेका छन्, र उसैको सहयोगमा मधेशमा आफ्नो प्रभाव बढाउने पक्षमा यादव रहेका हुनाले दाहालले भन्ने गरेको समाजवादी मोर्चा बनाउन उनी सहमत भएका छन् ।
नेकपा एकीकृत समाजवादी पार्टीको जनधार कमजोर रहेको र तल्लो स्तरमा पार्टी नै नपुगेको हुनाले माधव नेपाल पनि माओवादीकै सहयोग र समर्थनमा आफ्नो पार्टीको प्रभाव बढाउनकै लागि समाजवादी मोर्चा बनाउने सहमत भएका छन् । मोर्चा बनाएपछि केही महिना पछि नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र माओवादी केन्द्रबीचमा एकीकरण हुन सक्ने सम्भावना रहेको छ ।
प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भने नेपाली कांग्रेस र नेकपा एमालेलाई दबावमा राख्नका लागि जनता समाजवादी, नेकपा एकीकृत समाजवादी पार्टलाई आफ्नो पार्टीमा एकीकृत गर्न चाहिरहेका छन् ।
माओवादी केन्द्र, नेकपा एकीकृत र जनता समाजवादी पार्टीबीचमा एकीकृत भएपश्चात् संसदबाट सरकार निर्माण गर्न माओवादीको सहयोग बेगर कुनै दलले सरकार निर्माण गर्न नसक्ने भएकाले गर्दा पुष्पकमल दाहालले मोर्चा हुँदै पार्टी नै एकीकरण र्ने रणनीति लिएका हुन् ।
माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीबीचमा एकीकरण भएमा संसदमा तेस्रो ठुलो पार्टी पार्टी हुने उनीहरुको सिट संख्या समेत ५२ हुने भएकाले गर्दा उसको सहयोग वेगर सरकार निर्माण गर्न कठिन हुनेछ । त्यस्तो अवस्थामा कांग्रेस एमाले मिलेको खण्डमा मात्र अर्को सरकार बन्न सक्छ ।
त्यसैले सरकार निर्माण गर्ने साँचो पुष्पकमल दाहालकै हातमा रहने प्रायः निश्चित रहेको छ । पुष्पकमल दाहाल जस्तोसुकै रिक्स लिन तयार हुने र आफ्नो स्वार्थ पूरा भएपछि फेरी आफ्नो अस्थिर राजनीतिक चरित्र देखाउन सक्ने भएकाले कांग्रेसले अहिले पनि दाहाल सरकारले गरेका कतिपय निर्णयको स्वामित्व लिन चाहिरहेको छैन ।
माओवादी धारका सबै पार्टीहरुलाई एकै ठाउँमा ल्याउने प्रयास असफल भएपछि दाहालले समाजवादी मोर्चाको ताला खोलेका छन् । अब हेर्न बाँकी छ, उनको तालाभित्र को को बन्द हुनु पुुग्दछन् ।

footer