kumari
stcnepal

आज बेलायतका राजा चार्ल्सको राज्यभिषेक, भेला भए विश्व भरिका पाहुना

लन्डन। बेलायतका राजा चार्ल्स तृतीयको आज राज्याभिषेक हुँदैछ । लन्डनको वेस्टमिन्स्टर एबीमा एक विशेष समारोहका बीचमा आयोजना हुने राज्याभिषेक समारोहमा राजा चार्ल्सलाई राज मुकुट पहिराइने छ ।

सो विशेष समारोहमा सहभागिताका लागि विश्वभरीबाट दुई हजार भन्दा बढी अति विशिष्ट पाहुनाहरू बेलायत आई पुगेका छन् । यसरी आउने पाहुनाहरूमा विभिन्न देशका राजा तथा राजपरिवारका सदस्यहरू, विश्वभरीका विभिन्न मुलुकका राजनेताहरू, राष्ट्रपति, प्रधानमन्त्रीसहित सरकारका प्रतिनिधिहरु सो समारोहमा सहभागी हुदैँछन् ।

आज हुने विशेष समारोहमा राजा चार्ल्स तथा रानी क्वीन कन्सोर्ट क्यामिलालाई राज मुकुट पहिर्‍याउने कार्यक्रम रहेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार २.२३ किलो ग्राम तौल भएको सुन र हीरा जवाहरात जडित राज मुकुटले राजा चार्ल्सको शिरमा सुशोभित गरिनेछ । सो राज मुकुट यस अघि सन् १९५३ मा महारानी एलिजाबेथको शिरमा सजाइएको थियो । बेलायतको इतिहासमै सबैभन्दा बढी शासन गरेकी महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा गत सेप्टेम्बरमा निधन भएको थियो ।

महारानी एलिजाबेथको निधन भए पछि उनका ७३ बर्षीया छोरा चार्ल्स बेलायतको राजा बनेका हुन । उनको आज हुन गइरहेको राज्याभिषेक समारोह भने झन्डै तीन घन्टा चल्ने जनाइएको छ ।

 

footer