kumari
stcnepal

नक्कलि भुटानी शरणार्थी प्रकरणमा थप २ जना पक्राउ

काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरिएको प्रकरणमा थप २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा रामशरण केसी र गोविन्द चौधरी रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । यो प्रकरणमा पक्राउ पर्नेको संख्या १० पुगेको छ ।

यसअघि प्रहरीले पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङ र नेकपा एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई पक्राउ गरिसकेको छ । पक्राउ पुर्जी जारी भएका सांसद रायमाझी सम्पर्कविहिन छन् ।

footer