kumari
stcnepal

भारतको कर्नाटक राज्यमा भारतीय जनता पार्टीको नराम्रो हार,काग्रेसको स्पष्ट बहुमत

एजेन्सी । कर्नाटक विधानसभा चुनावमा भारतीय काङग्रेस (काङ्ग्रेस–आई)ले बहुमत प्राप्त गरेको छ । यहि मे १० मा सम्पन्न निर्वाचनमा कर्नाटकको २२४ सिट मध्ये १३६ सिट प्राप्त गरी काङ्ग्रेस–आईले स्पष्ट बहुमत प्राप्त गरेरको हो ।

कर्नाटक विधानसभामा विजेपी ६६ सीटमा खुम्चिएको भारतीय निर्वाचन आयोगले जनाएको छ । सन् २०१८ मा बिजेपीले १०४ सिट जितेको थियो । २२४ सदस्यीय विधानसभामा बहुमतका लागि ११३ सीट आवश्यक पर्छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अगाडि सारेर चुनावमा होमिएको भाजपाले सत्ता गुमाएको छ । गत निर्वाचनमा १०४ सीट जितेको थियो । तेस्रो स्थानमा रहेको क्षेत्रीय दल जनता दलले १९ सीट जितेको छ भने अन्य साना दल र स्वतन्त्रले चार सिटमा जितेका छन ।

footer