kumari
stcnepal

रूकुम पश्चिमको दुलीमा जिप दुर्घटना, ४ को निधन १० जना घाइते

रुकुम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–८ दुलीमा बिहीबार बिहान जिप दुर्घटना भएको छ । दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना घाइते भएका छन् । जिपमा जम्मा १४ यात्रु सवार थिए ।

मृत्यु हुनेमा सानीभेरी गाउँपालिका–५ का कर्णे बाठा र देउचन खत्री रहेका छन् । त्यस्तै बाँफीकोट गाउँपालिका–८ की रेखा खत्री र उनको सानो छोराको पनि दुर्घटनामा मृत्यु भएको छ । सुत्केरी महिला र बच्चाको पहिचान सकेको छैन । घाइतेमध्ये ४ जनाको अवथा गम्भीर रहेको छ ।

सानीभेरी गाउँपालिका–३ घ्युढुंगाबाट मुसीकोटतर्फ आउँदै गरेको जु १ ज १७४७ नम्बरको जिप भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख नमराज भट्टराई बताए । घटनास्थलमा उद्धारको काम भइरहेकोले यसबारे विस्तृत विवरण आउन बाँकी रहेको उनले बताए ।

footer