kumari
stcnepal

विश्वकप छनोटको प्ले अफमा नेपालले यूएई सँग खेल्ने

काठमाडौं । विश्वकप छनोटको सुपर सिक्समा पुग्न असफल नेपालले सातौं देखि १०औं स्थानसम्मको प्लेअफमा यूएई सँग खेल्ने भएको छ । यो खेल आउँदो आइतबार हुने छ । समूह चरणमा अमेरिकालाई हराए पनि नेपाल श्रीलंका, वेष्ट इण्डिज र नेदरल्याण्ड्ससँग पराजित भएकाले सुपर सिक्समा पुग्न असफल भएको थियो ।

समूह चरणको आफ्नो अन्तिम खेलमा आयरल्याण्ड सँग १३८ रनको फराकिलो अन्तरले पराजित हुँदै यूएईले नेपाल सँगको भेट पक्का गरेको हो । विजेता आयरल्याण्डले भने अमेरिकासँग प्ले अफ खेल्ने छ । यी दुई वटा खेलका विजेताले सातौं स्थानका लागि तथा पराजित २ टिमका लागि नवौं स्थानका लागि फेरि अर्को खेल खेल्ने छन् । नेपाल रहेको समूहबाट जिम्बाव्वे, नेदरल्याण्ड्स र वेष्ट इण्डिज तथा समूह बीबाट श्रीलंका, स्कटल्याण्ड र ओमान सुपर सिक्समा पुगेका छन् ।

footer