kumari
stcnepal

अविरल वर्षाका कारण पहिरो झर्दा अर्घाखाँची सदरमुकाम सन्धिखर्क जोड्ने प्रमुख बाटो सन्धिखर्क गोरुसिङ्गे सडक अवरुद्ध

अर्घाखाँची । अविरल वर्षाका कारण पहिरो झर्दा अर्घाखाँची सदरमुकाम सन्धिखर्क जोड्ने प्रमुख बाटो सन्धिखर्क गोरुसिङ्गे सडक अवरुद्ध भएको छ।सन्धिखर्क नगरपालिका वडा नं ६ बहखोरमा गए राति पहिरो खसेपछि सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए ।

गोरुसिङ्गे सन्धिखर्क सडकको सन्धिखर्क ६ कै दहखोला र शितगंगा १३ कोन्द्रेखोला नजिकै खसेको पहिरो हटाइसकिएको र बहखोरको सडकमा खसेको पहिरो पन्छाउने कार्य भइरहेको रिजालले जानकारी दिए । यस बाहेक सडक खण्डको ठाउँ ठाउँमा साना ठुला पहिरोहरू झरेको र पन्छाउने क्रम जारी रहेको बुझिएको छ । सडक अवरुद्ध बनेपछि सन्धिखर्कबाट बाहिर जाने र बाहिरबाट सन्धिखर्क आउने यात्रुहरू बिच बाटोमै अलपत्र बनेका छन्।

footer