kumari
stcnepal

काठमाडौंमा सन्चालित साना व्यापारी र व्यवसायीहरुले गरी खाने वातावरण बनाइदिन माग गर्दै काठमाडौं महानगरपालिका कार्यालय अगाडि प्रदर्शन गरे

काठमाडौं । काठमाडौंमा सन्चालित साना व्यापारी र व्यवसायीहरुले गरी खाने वातावरण बनाइदिन माग गर्दै काठमाडौं महानगरपालिका कार्यालय अगाडि प्रदर्शन गरेका छन् । आज बिहान सुन्धारा स्थित महानगर कार्यालय अगाडि भेला भएकाहरुले गरीखान देऊ लेखिएका प्लेकार्ड सहित प्रदर्शन गरेका हुन् ।

मेयर बालेन शाहको निर्देशनमा नगरप्रहरीहरु ठेलागाढा, साइकल र पुटपाथमा व्यापार गर्नेहरुविरुद्ध निर्मम ढंगले प्रस्तुत हुँदै आएका छन् । उनीहरुलाई नियन्त्रणमा लिने नाममा नगरप्रहरीहरुले लछारपछार गर्ने र सामानमा क्षति पुर्याइदिने गरेको गुनासो व्यापारीहरुको छ । महानगरको यस्तो शैलीबाट दैनिक गुजारा चलाउन कठिन भएको भन्दै उनीहरु आज बिहान महानगरपालिका कार्यालय अगाडि भेला भएर प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले ‘गरिबको चमेली बोल्दिने कोही छैन’ भन्ने गीत समेत गाएका थिए । काठमाडौं शहर सम्भ्रान्त वर्गको लागि मात्र भएजस्तो व्यवहार गरिएको भन्दै उनीहरुले यो शहर कसको लागि हो भनेर पनि प्रश्न गरेका छन् ।

footer