गत भाद्र २३ गते जेनजीहरुले गरेको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

टीओआर टुंगो लगाउने कार्यदलको बैठक बस्न सकेन

845
shares

काठमाडौं । सहकारी संस्थाको रकम अपचलनबारे छानबिनका लागि गठन गर्ने भनिएको संसदीय समितिको कार्यक्षेत्रगत सर्त (टीओआर) टुंगो लगाउने आज बिहान बस्ने भनिएको कार्यदलको बैठक बस्न सकेन ।

कार्यदल संयोजक एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले अब प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्र बैठक बस्ने तयारी गरिएको जानकारी दिए । ‘कार्यदलको बैठक हिजो संसदपछि बस्ने कुरा थियो, बस्न सकेन,’ गिरीले भने, ‘आज बिहान पनि सम्भव भएन, अब विश्वासको मतपछि बस्ने तयारी हुँदैछ ।’

संसदीय छानबिन समितिको कार्यादेशको विषयमा सत्तापक्ष र प्रतिपक्षबीच कुरा मिल्न सकेको छैन । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र उनी जोडिएको सहकारीको नाम कार्यादेश (टीओआर) मा राख्ने कि नराख्ने विवादले संसदीय छानबिन समिति गठन अनिश्चित बनेको छ । सहकारीको बचत रकम अपचलनबारे छानबिन गर्न बन्ने संसदीय समितिको कार्यादेश बनाउने जिम्मेवारी पाएको कार्यदलको बैठकमा नेताहरुबीच आइतबार पटक–पटक गरी सात घण्टा भन्दा बढी छलफल भएको थियो ।

कार्यादेशमा सहकारी संस्थाको बचत रकम हिनामिनामा गृहमन्त्री लामिछानेको संलग्नताबारे छानबिन गर्ने वा नगर्ने भन्ने विषयमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरुबीच सहमति हुन नसकेको हो । शनिबार शीर्ष नेताले संसदीय छानबिन समिति गठन गरेपछि त्यसको टीओआर बनाउन कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले संयोजन गर्ने गरी कांग्रेसबाट सहमहामन्त्री जीवन परियार, एमालेबाट प्रमुख सचेतक महेश बर्तौला, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल सदस्य रहेको कार्यदल शनिबार गठन भएको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports