kumari
stcnepal

आज देखि जनकपुरधाम–जयनगर रेल सेवा विस्तार हुने

काठमाडौं । जनकपुरधाम–जयनगर रेल सेवा आज देखि विस्तार हुने भएको छ । भारतको जयनगर देखि जनकपुरधामको कुर्था हुँदै महोत्तरीको भंगहासम्म रेल सञ्चालन हुने भएको हो । ब्रोडगेज रेल सेवा थप १७ किलोमिटर क्षेत्रफलमा सञ्चालन हुने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए ।

उनका अनुसार जनकपुरधामको कुर्था देखि महोत्तरीको विजलपुरासम्म थप १७ किलोमिटरमा सञ्चालनको शुभारम्भ गर्न नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला जाने महाप्रबन्धक झाले जनाए । अहिले जनकपुरधाम देखि जयनगर सम्म ३४ किलो मिटरमा रेलले सेवा दिइरहेको छ । नेपाल रेल्वे कम्पनीले यसका लागि महोत्तरीको भंगहामा रेल सेवाको विस्तारको कार्यक्रम समेत राखेको छ ।

कुर्था विजलपुरा खण्डमा रेल सेवा सञ्चालन भएपछि ब्रोडगेज रेलको लम्बाई ५२ किलोमिटर पुग्नेछ । यसअघि जनकपुरधाम देखि कुर्था सम्म करिब ३५ किलोमिटर क्षेत्रफलमा रेल्वे सञ्चालनमा थियो । रेल्वे विजलपुरासम्म सञ्चालनमा आउने भएपछि सञ्चालनको समयमा हेरफेर भएको झाले बताए । अब महोत्तरीको विजलपुराबाट बिहान ७ः३० बजे रेल जयनगरका लागि चल्नेछ । जयनगर हुँदै जनकपुरधाम बाट साँझमा विजलपुराका लागि रेल्वे प्रस्थान हुनेछ । यसअघि न्यारोगेज रेल्वे विजलपुरा सम्म सञ्चालनमा थियो ।

footer