kumari
stcnepal

संखुवासभामा जेल भित्रै २ जना कैदीको निधन भएको घटनामा कारागार प्रमुख राजेन्द्र अधिकारी र प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी विरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । संखुवासभामा जेल भित्रै २ जना कैदीको निधन भएको घटनामा कारागार प्रमुख राजेन्द्र अधिकारी र प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

साउन २४ गते बिहान जिल्ला कारागार संखुवासभामा विनोद तोलाङी र विकास श्रेष्ठ भनिने आकाश बलामीको निधन भएको थियो । मृतकका आफन्तले जिल्ला प्रहरी कार्यालयमा दिएको किटानी जाहेरीका आधारमा जिल्ला अदालत संखुवासभाले उनीहरुका नाममा पक्राउ पुर्जी जारी गरेको हो ।

पक्राउ पुर्जी जारी भएका मध्ये चौधरीलाई पक्राउ गरी जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए ।

footer