kumari
stcnepal

सुन तस्करी प्रकरणमा थप चार जना चिनियाँ नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद गरिएको ६० केजी ७१६ ग्राम सुन प्रकरणमा थप चार जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आज तीन जना पुरुष र एक जना महिलालाई पक्राउ गरेको हो । यसअघि प्रहरी हिजो पनि तीन जना चिनियाँ नागरिकलाई ३० लाख रकम सहित पक्राउ गरेको थियो । आज पक्राउ परेका चारै जना चिनियाँको नाम प्रहरीले खुलाइसकेको छैन। यो प्रकरणमा यसअघि नै १७ जना पक्राउ परिसकेका छन् ।

footer