kumari
stcnepal

ललिता निवास जग्गा प्रकरण : उमेर र स्वास्थ्यको कारण थुनामा रहेका आरोपी मध्ये दुई जना रिहा

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा अनुसन्धानका लागि थुनामा रहेका आरोपी मध्ये दुई जना रिहा भएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को हिरासतमा रहेका मालपोत कार्यालयका तत्कालीन प्रमुख धर्म गौतम र समरजंग कम्पनीका पूर्वप्रमुख लोकहरि घिमिरेलाई जिल्ला अदालत काठमाडौंले रिहा गर्न आदेश दिएको हो ।

उमेर र स्वास्थ्यको कारण देखाएर उनीहरुलाई रिहा गर्न आदेश दिएको हो । तर, अदालतले मुद्दा बुझाउँदा सँगै उपस्थित गराउन निर्देशन दिएको सीआईबीले जनाएको छ । सीआईबीका एसपी नवराज अधिकारीका अनुसार अन्य आरोपितलाई भने जिल्ला अदालतले ५ दिन थप हिरासतमा राख्न अनुमति दिएको छ ।ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको अनियमितता प्रकरणमा सीआईबीले सरकारी कागजात कीर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ ।

footer