kumari
stcnepal

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की राजीनामा दिने

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की राजीनामा दिने भएका छन् । विश्वासको मत लिनुअघि बसेको एमाले संसदीय दलको बैठकले राजीनामा दिने निर्णय गरेको हो ।

एमाले प्रमुख सचेतक रेवतिरमण भण्डारीले मुख्यमन्त्रीले राजीनामा दिने बताए । मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि आज शनिबार प्रदेशसभा बैठक बोलाइएको थियो ।

संविधानकाे धारा १६८ काे उपधारा ३ अनुसार नियुक्त भएका मुख्यमन्त्रीले विश्वासकाे मत नपाए उपधारा ५ अनुसार नेतृत्वमा दाबी गर्न नपाउने कानुन व्यावसायीले सुझाव दिएपछि विश्वासको मत परीक्षण नगरि उनले राजीनामा दिने भएका हुन् ।

footer