kumari
stcnepal

एन्फाको विशेष साधारणसभाले अध्यक्ष नेम्वाङलाई बर्खास्त गर्नेसम्बन्धी प्रस्ताव अस्वीकृत गर्यो

हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारणसभाले अध्यक्ष पंकजबिक्रम नेम्वाङलाई बर्खास्त गर्नेसम्बन्धी प्रस्ताव अस्वीकृत गरेको छ ।हेटौंडामा बिहीबार भएको विशेष साधारणसभामा नेम्वाङलाई बर्खास्त गर्न माग गर्दै परेको प्रस्तावमाथि मतदान भएको थियो ।

प्रस्तावको पक्षमा एक मत पनि परेन भने विपक्षमा ५३ मत परेको छ । एक मत बदर भएको छ । विशेष साधारणसभामा नेम्वाङलाई बर्खास्त गर्नुपर्छ भन्ने प्रस्ताव राख्ने असन्तुष्ट पक्षले मतदान गरेनन् । एन्फाको १०७ सदस्यमध्ये ८७ जनासँग मताधिकार भएपनि ५३ जनाले मात्र मतदान प्रक्रियामा भाग लिएका थिए । एन्फामा अध्यक्षको बर्खास्तीको प्रस्ताव पारित हुन दुई तिहाई मत आवश्यक पर्ने विधानको व्यवस्था छ ।

गत भदौमा असन्तुष्ट पक्षले एन्फा नेतृत्वले काम गर्न नसकेको भन्दै अध्यक्ष र महासचिवको बर्खास्तीको प्रस्ताव सहित एन्फामा पेश गरेका थिए ।

footer