kumari
stcnepal

न्यूजिल्याण्डले विश्वकप २०२३ को सेमिफाइनलमा आफ्नो स्थान लगभग पक्का गर्यो

बैङ्लुरु । न्यूजिल्याण्डले विश्वकप २०२३ को सेमिफाइनलमा आफ्नो स्थान लगभग पक्का गरेको छ । टोलीले बिहीबार आफ्नो अन्तिम लिग खेलमा श्रीलंकालाई ५ विकेटले पराजित गरेको हो । यो जितसँगै न्युजिल्याण्डले लिगका सबै खेलपछि अंक तालिकामा १० अंक जोडेको छ ।

बैंगलोरको एम चिन्नास्वामी स्टेडियममा किवी टोलीले २३.२ ओभरमा ५ विकेट गुमाएर १७२ रनको लक्ष्य पुरा गर्‍यो । ओपनर डेभन कोनवेले ४५ रन, रचिन रविन्द्रले ४२ र डेरिल मिचेलले ४३ रनको उत्कृष्ट पारी खेले ।

न्यूजिल्याण्डको टोलीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । यसपछि श्रीलंकाले ४६.४ ओभरमा कुल १७१ रन बनाएको थियो । श्रीलंकाका लागि कुसल परेराले सर्वाधिक रन बनाए । उनले २८ बलमा ९ चौका र दुई छक्का प्रहार गर्दै ५१ रन बनाए । उनले यो विश्वकपमा सबैभन्दा छिटो अर्धशतक बनाए । परेराले २२ बलमा आफ्नो अर्धशतक पूरा गरे।

बाँकी ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । अन्तमा महिष टेकशानाले दिलशान मदुशंकासँग १० औं विकेटका लागि ४३ रनको साझेदारी गरे । किवीका ट्रेन्ट बोल्टले ३ विकेट लिए । लकी फर्गुसन, मिचेल सान्टनर र रचिन रविन्द्रले २–२ विकेट लिए ।

footer