kumari
stcnepal

आज अस्ट्रेलिया र दक्षिण अफ्रिका सेमिफाइनलमा भिडने, भारत सँग कस्को होला भेट ?

एकदिवसीय विश्वकप २०२३ को दोस्रो सेमिफाइनलमा अस्ट्रेलिया र दक्षिण अफ्रिका प्रतिस्पर्धा गर्दैछन्। पाँच पटकको विश्व विजेता अस्ट्रेलिया र पहिलो पटक उपाधि जित्ने लक्ष्यमा रहेको दक्षिण अफ्रिकाबिचको खेल कोलकाताको इडेन गार्डेनमा दिउँसो २:१५ मा सुरु हुनेछ।

अस्ट्रेलिया विश्वकपमा नवौं पटक र दक्षिण अफ्रिका पाँचौं पटक विश्वकपको सेमिफाइनलमा प्रतिस्पर्धा गर्दैछन्। दक्षिण अफ्रिका यसअघि कहिलेपनि फाइनलमा प्रवेश गर्न सकेको छैन। दुई टिमबीच तेस्रो पटक सेमिफाइनलमा प्रतिस्पर्धा हुन लागेको हो। यसअघि १९९९ र २००७ मा अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा भएको थियो। दुवै पटक अस्ट्रेलिया विजयी भएको थियो।

footer