kumari
stcnepal

घरेलु मैदानमा नेपाल यमन सँग २-० ले पराजित

काठमाडौँ – फिफा विश्वकप २०२६ र एसियाकप छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ। नेपालको घरेलु मैदान दशरथ रङ्गशालामा घरेलु दर्शकमाझ नेपाल यमनसँग २–० ले पराजित भयो।

पहिलो हाफ गोलरहित बराबरी भए पनि दोस्रो हाफमा नेपाल दुई गोल खान पुग्दा सम्भावित बराबरीको अवसरबाट समेत नेपाल वञ्चित भयो। यमनका लागि ओमार अब्दुलाह अल दाहीले ७२ औँ मिनेटमा गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए। ९० औँ मिनेटमा यमनले अग्रता दोब्बर बनायो। यमनका लागि मोहम्मद अब्दुल्लाह अल दाहीले दोस्रो गोल गर्दै टिमको जित निश्चित गरेका थिए।

समूह ‘एच’अन्तर्गतको दोस्रो खेलमा पनि नेपाल पराजित भएसँगै अघिल्लो चरणको सम्भावना अब गणितीय बनेको छ। २३ वर्षमा पाँचौं पटक भिड्दा पनि नेपालले यमनसँग जित निकाल्न असफल भयो। यो यमनसँग चौंथो हार हो। नेपालले दोस्रो हाफमा केही सीमित मौका सिर्जना गरे पनि गोल गर्न असफल भयो।

footer