kumari
stcnepal

सार्वजनिक खरिद अनुगमन कार्यालयको १४ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय

काठमाडाैँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले १४ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ । कार्यालयका अनुसार १४ निर्माण कम्पनीलाई १ देखि ३ वर्षसम्म कालोसूचीमा राखिएको हो ।

विभिन्न सार्वजनिक निकायबाट लेखिएअनुसार बिहीबार कार्यालयले कालोसूचीमा राख्ने निर्णय गरेको हो । कालोसूचीमा राखिएका निर्माण व्यवसायी वा आपूर्तिकर्ताले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने कार्यालयले शुक्रबार स्पष्ट गरेको छ ।

footer