kumari
stcnepal

आईसीसी क्रिकेट वर्ल्ड कप लिग-२ नेपालमा हुने

काठमाडौं । आईसीसी क्रिकेट वर्ल्डकप लिग–२ को पहिलो सिरिज नेपालमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार फागुन ५ गतेदेखि काठमाडौंमा हुने पहिलो सिरिज खेल्न नेदरल्याण्ड्स र नामिबिया नेपालमा आउने भएका हुन् ।

लिग–२ को यो दोस्रो संकरण हो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)का अनुसार यो संस्करणमा ८ देश सहभागी हुनेछन् । पहिलो संकरणमा ७ टिम मात्र थिए । सुपर लिगको अन्तिम १३औँ स्थानमा रहेको नेदरल्याण्ड्सलाई थपिएको छ । नेदरल्याण्ड्स पहिलो सिरिजमै नेपाल आउने छ । लिगमा हरेक खेल महत्वपूर्ण हुने क्यानका सचिव पारस खड्काले बताए छन् । डिफेण्डिङ च्याम्पियन स्कटल्याण्ड, ओमान, नेपाल, नामिबिया र अमेरिका लिग–२ मा कायम रहेका टिम हुन् । क्यानडा र यूएई ‘क्वालिफायर प्ले अफ’बाट आएका हुन् ।

footer