kumari
stcnepal

गोविन्द केसी र तोसिमा कार्कीलाई प्रयोग गरेर देश र स्वास्थ्य क्षेत्रलाई समाप्त पार्न खोजियो : दुर्गा प्रसाई

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले डा. गोविन्द केसी र तोसिमा कार्कीलाई प्रयोग गरेर देश र स्वास्थ्य क्षेत्रलाई समाप्त पार्न खोजिएको आरोप लगाएका छन् । शनिबार ललितपुरको लगनखेलमा आयोजित सभालाई सम्बोधन गर्दै प्रसाईँले देश र स्वास्थ्य क्षेत्रलाई समाप्त पार्न तोसिमा. कार्कीले डा. गोविन्द केसीलाई प्रयोग गरेको आरोप लगाएका हुन् ।

आफूहरूको आन्दोलन नागरिकको गास, बास र कपासको लागि भएको धारणा राखे । उनले मुलुकमा स्थायी रुपमा शान्ति कायम गर्न राजतन्त्र आवश्यक रहेको तर्क गरेका छन् । गणतन्त्रका कारण मुलुकमा स्थायी शान्ति हुन नसकेको भन्दै स्थायी रुपमा शान्ति कायम गर्न राजतन्त्र आवश्यक रहेको तर्क गरेका हुन् । उनले कार्यकारी प्रधानमन्त्री, हिन्दु राष्ट्र, प्रदेश खारेज र राजसंस्थाका बिषयमा जनमत संग्रह गर्न चुनौती दिए ।

प्रसाईँले आफूलाई विभिन्न स्थानमा कार्यक्रम गर्न प्रतिवन्ध लगाएको भन्दै प्रतिवन्धको असर आफूलाई नभई लगाउनेलाई नै हुने जिकिर गरे ।

footer