linktrix Long Ad
Salt Trading Long Ad

पशुपतिनाथको भेटी चोर्ने कोषका कर्मचारी सहित ८ जना पक्राउ

1.01K
shares

काठमाडौं । भगवान् पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी गर्ने व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पशुपति क्षेत्र विकास कोषका कर्मचारी अनिल परियार सहित आठ जना रहेको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो ।उहाँले भन्नुभयो, ‘पशुपतिनाथ मन्दिरमा चढाइएको भेटी चोरी गर्दै गर्दा (सिसि क्यामेरामा हेर्दा) कोषका कर्मचारी परियार सहित आठ जनालाई पक्राउ गरी छानबिनका लागि अहिले प्रहरी वृत्त गौशाला पठाइएको छ ।’

परियार पशुपतिमा बाजा बजोउने कर्मचारी रहेको र पक्राउ पर्नुभएका उहाँले कोषकै केही पदाधिकारीले भेटी चोरी गर्न लगाएको बयान दिएको प्रवक्ता अधिकारीले बताउनुभयो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports