kumari
stcnepal

घरेलु टोली यूएई माथि १९५ रनको फराकिलो जित निकाल्दै बंगलादेशललाई पहिलो पल्ट एसीसी यू-१९ एसिया कप क्रिकेटको उपाधि

काठमाडौं । बंगलादेशलले पहिलो पल्ट एसीसी यू-१९ एसिया कप क्रिकेटको उपाधि जितेको छ । फाइनलमा घरेलु टोली यूएई माथि १९५ रनको फराकिलो जित निकाल्दै बंगलादेशले पहिलो उपाधि जितेको हो ।

दुबईस्थित अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा २८३ रको लक्ष्य पछ्याएको यूएई २४.५ ओभरमा ८७ रन बनाउँदै अलआउट भयो । पहिलो पटक यू–१९ एसिया कपको फाइनल पुगेको यूएई बंगलादेशको बलियो बलिङसामु धेरै टिक्न सकेन । यूएईका लागि ध्रुव परासरले सर्वाधिक २५ रनको पारी खेले । उनले ४० बलमा २ चौका प्रहार गर्दै अविजित रहे ।

ओपनर अक्शद रायले ११ रन बनाए भने अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । बंगलादेशका लागि मरुफ मिर्धा र रोहानत बोरसोनले समान ३/३ विकेट लिए । इकाबल र जिवोनले २/२ विकेट लिए । त्यसअघि ब्याटिङ गरेको बंगलादेशका लागि ओपनर ब्याटर आशिकुर शिब्लीले उत्कृष्ट १२९ रनको शतकीय पारी खेले । उनले १४९ बलमा १२ चौका र १ छक्का प्रहार गरेका हुन् ।

चोभुर रिजवानले ६०, तथा अरिफुल इस्लामले ५० रनको अर्धशतकीय पारी खेले । कप्तान महफुजुर रवीले २१ रन बनाए भने अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । यूएईका लागि अम्यान अहमदले सर्वाधिक ४ विकेट लिए । ओमिद रहमानले २ विकेट तथा हार्दिक पाई र ध्रुव परासरले १/१ विकेट लिए ।

footer