kumari
stcnepal

बालकुमारी घटना मृतकका परिवारलाई १०\१० दिने सरकारको निर्णय

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद् बैठकले बालकुमारी घटनामा मारिएका दुई जना युवकको परिवारलाई राहत स्वरुप १०–१० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ । शुक्रबार ललितपुरमा भएको प्रदर्शनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेख सुजन रावतको मृत्यु भएको थियो ।

शनिबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकको निर्णयबारे जानकारी दिँदै सञ्चारमन्त्री रेखा शर्माले सरकारले मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको जानकारी दिइन् । उनले प्रदर्शनका क्रममा घाइते भएकाहरूको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने निर्णय गरिएको बताइन् । यसका लागि अर्थ मन्त्रालयले गृह मन्त्रालयलाई रकम निकासा गर्ने उनको भनाई थियो ।

मन्त्री शर्माका अनुसार भविष्यमा यस्ता घटना हुन नदिन सुरक्षा संयन्त्रलाई सजग बनाउने निर्णय पनि भएको छ । यसका लागि छानबिन समितिको सुझावअनुसार अघि बढ्ने उनको भनाई थियो ।

footer