kumari
stcnepal

आज टोपी दिवस मनाइँदै

काठमाडौं । नेपाली समुदायले आज राष्ट्रिय पोसाक तथा टोपी दिवस मनाउँदै छ । पछिल्लो समय हरेक वर्ष ईस्वी संवतको नयाँ वर्षका दिन नेपालमा यो दिवस मनाउने गरिन्छ । नेपाली टोपी र पोसाकको प्रवर्द्धन गर्ने उद्देश्य सहित स्वतःस्फूर्त रुपमा नयाँ वर्षको पहिलो दिन यो दिवस मनाउन थालिएको हो ।

नेपालीको पहिचानका रुपमा रहेको भाद्गाउँले टोपी र ढाका टोपीलाई विश्वसामु चिनाउन अनौपचारिक रुपमा दिवस मनाउने क्रम सुरु भएको हो । पछिल्लो समय नेपालमा मात्रै नभई विदेशमा रहेका नेपालीले समेत परम्परागत ढाका र भादगाउँले टोपी लगाएर यो दिवस मनाउने गरेका छन् ।

मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाहरूले १० वर्ष अघिदेखि टोपी दिवस मनाउने अभियान थालेका थिए । अभियानका रूपमा सुरु भएको टोपी दिवसले सामाजिक सञ्जालका कारण व्यापकता पाउदै गएको छ ।

footer