kumari
stcnepal

रुसी सेनामा भर्ना भएका थप ३ नेपालीको निधन

काठमाडौं । रुसी सेनामा भर्ना भएका थप तीन जना नेपालीको निधन भएको छ ।

परराष्ट्र मन्त्रालयले थप तीन जना नेपालीको मृत्यु भएको पुष्टि गरेको हो । मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले थप तीन नेपालीको निधन भएको सूचना आफूहरुलाई प्राप्त भएको बताए ।

योसँगै रुसी सेनामा भर्ना भइ निधन हुने नेपालीको संख्या ९ पुगेको छ । मृतको नाम ठेगाना केही बेरमा सार्वजनकि गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

footer