kumari
stcnepal

प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि एपीएफ क्लब र कोशी प्रदेश बिच भिडन्त हुँदै

काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि बुधबार सशस्त्र प्रहरी बलको एपीएफ क्लब र कोशी प्रदेशबिच भिडन्त हुँदै छ । फाइनल खेल नेपाल समय अनुसार, बिहान ११ः०० बजे कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।

एपीएफको टोली पहिलो क्वालिफायर खेलमा कोशी प्रदेशलाई नै ५२ रनले हराउँदै प्रतियोगिताको फाइनलमा पुगेको हो । त्यसपछि कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशसँग दोस्रो क्वालिफायर खेल खेलेको थियो । दोस्रो क्वालिफायरमा कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई नौ विकेटले हराएको थियो । त्यसअघि सुदूरपश्चिमको टोलीले इलिमिनेटर खेलमा बलियो बागमती प्रदेशलाई नौ विकेटले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो । प्रतियोगिताको लिग चरणमा पनि एपीएफको टोली अपराजित रहेको थियो ।

 

footer