kumari
stcnepal

राष्ट्र बैंक निर्देशक थानेश्वर आचार्यलाई अनुशासनहीन व्यवहार गरेको भन्दै सेवाबाट हटाइयो

काठमाडौं । नेपाल राष्ट्र बैंकले अनुशासनहीन व्यवहार गरेको भन्दै निर्देशक थानेश्वर आचार्यलाई सेवाबाट हटाएको छ । ६ चैतदेखि लागु हुने गरी आचार्यलाई सेवाबाट हटाइएको राष्ट्र बैंक मानव संशाधन विभागले पुष्टि गरेको छ ।

पटक–पटक कर्मचारी अनुशासन उल्लंघन गरेपछि आचार्यलाई सेवाबाट हटाइएको राष्ट्र बैंक जनाएको छ । राष्ट्र बैंकका एक वरिष्ठ महिला कर्मचारीलाई दुर्व्यवहार गर्ने आचार्यले पटक–पटक अनुशासनहीन कार्य गरेपछि राष्ट्र बैंकले सेवाबाट नै हटाएको हो । आचार्यले गत २७ पुसमा केन्द्रीय बैंकका उच्च अधिकारीको ‘स्ट्रेस म्यानेजमेन्ट’ कार्यक्रममा ती कर्माचारीमाथि दुर्व्यवहार गरेका थिए । आचार्यले उनलाई दुर्व्यवहार गर्नुभन्दा अघि पनि पटक–पटक अनुशासनहीन कार्य गरेपछि कारबाहीमा परेका थिए ।

ती महिला कर्मचारीमाथि दुर्व्यवहार गरेपछि राष्ट्र बैंकले छानबिन समिति बनाएको थियो । छानबिन क्रममा दोषी देखिएका आचार्यलाई स्पष्टीकरण सोधिएको तर उनको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि सेवाबाट हटइएको मानव संशाधन विभागले जनाएको छ । राष्ट्र बैंकको टक्सार शाखामा कार्यरत आचार्यमाथि कारबाही प्रक्रिया सुरु भएपछि जिम्मेवारीविहीन बनाइएको थियो । ती महिला कर्मचारीले दिएको उजुरीका आधारमा छानबिनपछि दोषी पाइएपछि उनलाई सेवाबाट हटाइएको मानव संशाधन विभाग प्रमुख मुकुन्द क्षेत्रीले बताए ।

footer