kumari
stcnepal

राज्यव्यवस्था समितिको बैठक बस्दै, गृहमन्त्री लामिछाने उपस्थित हुने

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बुधबार बस्दै छ ।

सिंहदरबारमा बस्ने दुवै समितिका बैठक बिहान ११ बजे सुरु हुनेछन् । सुशासन समितिको बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पनि बोलाइएको छ । बैठकमा गृह मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयमा छलफल गर्ने कार्यसूची रहेको बताइएको छ । यस्तै, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको कार्यक्षेत्र र कार्य योजना लगायत विविध विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।

footer