kumari
stcnepal

अर्थ मन्त्रालयका तिन सहसचिवको महाशाखा हेरफेर, कुन महाशाखामा को ?

काठमाडौं । अर्थमन्त्रालयको शक्तिशाली मानिने तीन महाशाखामा जिम्मेवारी हेरफेर भएको छ ।

बजेट निर्माण प्रक्रिया सुरू हुँदै गर्दा अर्थमन्त्री वर्षमान पुनले राजस्व व्यवस्थापन महाशाखाका सहसचिव रितेश शाक्यलाई बजेट महाशाखामा ल्याएका छन् । यस्तै बजेट महाशाखाका उत्तर खत्रीलाई योजना, अनुगमन तथा मूल्यांकन महाशाखको जिम्मेवारी दिइएको छ ।

अनुगमन मूल्यांकन महाशाखाका धनिराम शर्मालाई राजस्व व्यवस्थापन महाशाखा पठाइएको छ । बजेट लेखनमा यी तीन महाशाखाको भूमिका प्रमुख मानिन्छ । अन्य महाशाखाका प्रमुख हाललाई यथावत् छन् ।

footer