kumari
stcnepal

अध्यक्ष कमल थापा मकवानपुरको हेटौँडा देखि बर्दियाको गुलरियासम्म आयोजना हुने प्रशिक्षण कार्यक्रममा सहभागी हुन जिल्ला भ्रमणमा

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापा मकवानपुरको हेटौँडा देखि बर्दियाको गुलरियासम्म आयोजना हुने प्रशिक्षण कार्यक्रममा सहभागी हुन आज देखि जिल्ला दौडाहामा निस्किएका छन् ।

कार्यक्रम तालिका अनुसार चैत्र १६ गते मकवानपुरको हेटौँडामा , १७ गते चितवन र नवलपुरमा, १८ गते परासी र रुपन्देहीमा, १९ गते कपिलवस्तुमा र २० गते बाँके र बर्दियामा अगुवा कार्यकर्ता भेला र प्रशिक्षण कार्यक्रम तय भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । प्रशिक्षणमा अध्यक्ष थापाले मुलुकको वर्तमान अवस्था, पार्टीको भावी कार्यक्रम र कार्यदिशा,सङ्गठन सुदृढीकरण सङ्गै सक्रिय सदस्यता वितरण अभियान, आन्दोलनको तयारीका बारेमा प्रशिक्षण दिनेछन् ।

दौडाहा टोलीमा पार्टीका महामन्त्री राजाराम बर्तौला, मध्यमाञ्चल क्षेत्र समन्वय समितिका अध्यक्ष माधव खत्री ,सहायक महामन्त्रीद्वय रामसुन्दर विष्ट र डम्बर प्रसाद शिवाकोटी,केन्द्रिय सदस्य पुरु दाहाल र जनबर्गिय संगठनका अध्यक्षहरू सहभागी रहने पार्टी सचिवालयले जनाएको छ ।

footer