kumari
stcnepal

कर्णाली क्षेत्रको भ्रमणका लागि पूर्व राजा ज्ञानेन्द्र शाह अर्को हप्ता नेपालगञ्ज जाने

काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहले कर्णालीका केही जिल्लाहरुको भ्रमण गर्ने भएका छन्। मध्यपश्चिम र कर्णाली क्षेत्रका जिल्लाहरुको भ्रमणको सिलसिलामा पूर्वराजा शाह आगामी हप्ता नेपालगञ्ज जाने उनको सचिवालयले जनाएको छ।

‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव मध्यपश्चिम र कर्णाली क्षेत्रको केही जिल्लाहरुको भ्रमणको सिलसिलामा आगामी हप्ता नेपालगञ्ज सवारी होइबक्सदै छ,’ पूर्वराजा शाहको सचिवालयले भनेको छ।

footer