kumari
stcnepal

मादक पदार्थ सेवन गरी होहल्ला गरेको आरोपमा गायक राजेशपायल राई सहित तीन जना कलाकार पक्राउ

काठमाडौँ । मादक पदार्थ सेवन गरी होहल्ला गरेको आरोपमा गायक राजेशपायल राई सहित तीनजना कलाकार पक्राउ परेका छन् ।

गएराति काठमाडौँको थापागाउँबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले जानकारी दिए । उनीहरूलाई अहिले प्रहरी वृत्त परिसर बानेश्वरमा राखिएको छ । मदिरा पिएर होहल्ला गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । होहल्ला नगर्न आग्रह गर्दा पनि अटेर गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

footer