kumari
stcnepal

आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई एक सय १४ रनको फराकिलो अन्तरले हरायो

काठमाडौँ । आयरल्यान्ड ‘ए’ विरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा शुक्रबार नेपालको ‘ए’ टोली पराजित भएको छ ।

आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई एक सय १४ रनको फराकिलो अन्तरले हराएको हो । एकदिवसीय शृङ्खलामा नेपालको यो लगातार दोस्रो हार हो । आयरल्यान्डले भने तीन खेलको शृङ्खलामा २–० को अग्रता लिएको छ । यसअघि खेलिएको पहिलो एकदिवसीयमा आयरल्यान्ड २१ रनले विजयी भएको थियो ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको आयरल्यान्डले ३८.४ ओभरमा अलआउट हुनुअघि एक सय ७४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने १६.५ ओभरमै अलआउट हुनुअघि ६० रन मात्र बनाउन सक्यो ।

footer