kumari
stcnepal

सुन चाँदीको मूल्य आज फेरी बढ्यो

काठमाडौँ, ३ वैशाख । सोमबार पनी सुनचाँदीको मूल्य बढेको छ । यसदिन सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले र चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज १ लाख ३७ हजार ५०० रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ३६ हजार ८५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।आइतबार छापावाला सुन प्रतितोला १ लाख ३६ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३६ हजार १५० रुपैयाँमा कारोबार भएको थियो। ।आइतबार एक हजार ७०० रुपैयाँमा किनबेच भएको थियो भने आज चाँदी तोलामा १५ रुपैयाँले बढेर एक हजार ७१५ रुपैयाँमा किनबेच भइरहेको छ ।

footer