नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गण्डकी प्रदेशको मुख्यमन्त्री अधिकारीको विश्वासको मत विरुद्ध कांग्रेस आज सर्वोच्च जाने

611
shares

पोखरा । नेपाली काँग्रेस गण्डकीले गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत नपुगी बहुमत घोषणा गरिएको भन्दै सर्वोच्चमा रिट हाल्ने भएको छ ।

सभामुख कृष्ण धितालले ६० सदस्यीय प्रदेशसभामा ३० सिटलाई बहुमत घोषणा गरेर अधिकारीले बहुमत प्राप्त गरेको बताएका हुन् । उनले आफूसँग पनि मत हाल्न पाउने अधिकार रहेको बताएका थिए । आइतबारको संसद् बैठकमा मुख्यमन्त्री अधिकारीले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ३० मत परेको थियो भने विपक्षमा २७ तथा २ जना तटस्थ बसेका थिए । ३१ सिट बहुमतका लागि चाहिने गण्डकीमा सभामुखले ३० लाई नै बहुमत घोषणा गरेका हुन् ।

कांग्रेसले उक्त घोषणा विरुद्ध आज सर्वोच्चमा रिट दायर गर्ने दलका नेता सुरेन्द्रराज पाण्डेले बताए । ‘कानुनी र राजनीतिक दुवै हिसाबले हामी न्याय खोज्छौँ । संसदमा जे भयो, गैर संवैधानिक भयो,’ उनले भने, ‘सर्वोच्चले पहिले गरेको आदेश पनि संविधान विपरीत छ । तर हामीले मान्यौँ । अहिले उक्त गल्ती करेक्सन हुनेछ ।’

पाण्डेले मुद्दाको किनारा नलाग्दासम्म प्रदेशसभाका कुनै पनि बैठकमा सहभागी नहुने पनि बताएका छन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports