नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेस मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मत गैरसंवैधानीक भएको भन्दै अदालत जाने

1.37K
shares

काठमाडौँ । नेपाली कांग्रेस गण्डकी प्रदेशले मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मत गैरसंवैधानीक भएको भन्दै अदालत जाने बताएको छ ।

कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्र राज पाण्डेले मुख्यमन्त्री अधिकारीले पाएको विश्वासको मत सर्वोच्च अदालतको व्याख्या विपरीत भएको बताए। आइतबार साँझ सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले न्यायिक निरूपणको लागि आफूहरू फेरि न्यायालय जाने बताए । उनले भने, ‘हामी दुई लडाइ लड्ने छौँ । राजनीतिक रूपमा पनि हामी लड्ने छौँ भने न्यायिक रूपमा पनि लड्छौँ । आज उहाँहरूले बलजबरजस्ती शैलमा सत्ता कब्जा गर्ने, संसद् कब्जा गर्ने प्रयत्न गर्नुभयो त्यसको नेपाली कांग्रेस भर्त्सना गर्छ ।’ उनले यस्ता गतिविधिले संविधान सिध्याउने खेल भएको बताए ।  उनका अनुसार सोमबार नै कांग्रेस सर्वोच्च अदालत जानेगरी तयारी भएको छ ।
विवादका बिच गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभाबाट विश्वासको पाएको घोषणा गरिएको थियो । सभामुख कृष्ण धितालले ३० मतलाई नै बहुमत घोषणा गरिदिएका हुन् ।
sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports