kumari
stcnepal

मुलुकको हितका लागि संविधान संशोधन आवश्यक

 

काठमाडौ । जुनसुकै मुलुकका लागि सुशासन र समृद्धि यात्राको लागि सुशासन नै मुख्य आधार हो । सुशासन काय गर्ने मुख्य जिम्मेवारी सरकारको काँधमा रहेको हुन्छ भने नागरिकको तहमा पनि अधिकार र कर्तव्य गाँसिएको हुन्छ । सरकार परिवर्तन हुँदैमा अघिल्लो सरकारले गरेका काम कारबाहीबाट सरकार पन्छिन पाउँदैन । मुलुकको सरकार अविच्छिन्न उत्तराधिकारवाला हुने भएकाले अघिल्लो सरकारलाई दोष लगाएर पछिल्लो सरकार पन्छिन पाउँदैन । तर हामी कहाँ भने अघिल्लो सरकारलाई दोष लगाएर पछिल्ला सरकार पन्छिने गरेका छन् । संसदको आवधिक निर्वाचनमा कुनै एक दलले बहुमत ल्याउन नसकेको हुनाले दलीय हैसियतमा गठबन्धनको सरकार निर्माण गर्नु अहिलेको आवश्यकता मात्र नभएर अनिवार्य सर्त समेत भएको छ ।
सरकार निर्माण गर्ने र भत्काउने खेलमात्र भईरहँदा विकास निर्माणले गति लिन नसक्ने र जनताले समेत आफूलाई आवश्यक परेका सेवा सुविधा लिन नपाउने अवस्था सिर्जना भएको खण्डमा जनताा आक्रोश बढ्नु स्वाभाविकै हो । लोकतान्त्रिक मूल्य र मान्यता भित्र रहेर सरकार निर्माण हुनु र भत्किनु स्वाभाविक भएपनि हामीकहाँ भने त्यस्तो भएको छैन ।
राजनीतिक दलहरुको चरित्र पनि मिलिजुली सरकार चलाउने आधारमा विकसित हुनुपर्दछ । सरकारले जनताका आवश्यकता पूरा गर्न नसकेको खण्डमा जनता सडकमा आउन बाध्य हुनेछन् । त्यस बेला सरकारको मात्र होइन राजनीतिक दलहरुको विरोध हुने र उनीहरु जनताको नजरमा जनतामारा ठहरिने भएकाले गर्दा अब मिलिजुली सरकार निर्माण र सञ्चालनको संस्कृति बनाइनु आवश्यकता रहेको छ ।
संविधानसभाबाट निर्माण गरी जारी गरिएको संविधानलाई यिनै राजनीतिक दलहरुले विश्वकै उत्कृष्ठ संविधान बनायौँ भनेर भनने गरेका थिए । अहिले आएर यिनै दलहरुले संविधानकै कारण एउटै दलले संसदमा बहुमत ल्याउन नसक्ने बताइरहेका हुनाले त्यसबेला जनताले भनेका कुराहरु पत्याएको भए अहिलेको अवस्था नै आउने थिएन त्यसैले अब संविधान संशोध जसरी भएको छ, सबै दल मिलेर संविधान संशोधन गर्नु नै अहिलेको पहिलो आवश्यकता हो ।

footer