kumari
stcnepal

डेढ किलो भन्दा बढी सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद

काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले डेढ किलो भन्दा बढी सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद गरेको छ ।

विशेष सूचनाका आधारमा खटिएको कार्यालयको टोलीले अवैध सुन र नगद सहित ७ जनालाई पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका वडा नं २४ दुछेंननी टोलबाट १७६८ ग्राम सुन र उक्त रकम बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले दार्चुला महाकाली नगरपालिका वडा नं ३ टाँटे बस्ने ४७ वर्षीय गणेश दत्त बडू र आयुष बडू, झापा बिर्तामोडका दिनेश खरेल र भरतराज खरेल पक्राउ गरेको छ । त्यस्तै भारत महाराष्ट्रका अमोल बिभुते, ऋषिकेश प्रकाश बिभुते र गणेश सतिश बाल्टे पक्राउ परेका छन् ।

footer