kumari
stcnepal

एमाले अध्यक्ष ओली सुहाङलाई बधाई दिदै भने आशा लाग्दा युवालाई अगाडि बढाउँछौ

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले इलाम-२ को उपनिर्वाचनमा निर्वाचित एमालेका युवा उम्मेदवार सुहाङ नेम्वाङलाई बधाई दिनुभएको छ ।

मंगलबार बिहान सामाजिक सञ्जालमार्फत उहाँले सुहाङलाई बधाई र इलामका मतदातालाई धन्यवाद व्यक्त गर्नुभएको हो । अध्यक्ष ओलीले आफ्नो पार्टीले नेतृत्वमा युवाहरुलाई अघि सार्दै आएकोसमेत बताउनुभएको छ । उहाँले आशालाग्दा युवाहरुलाई अझ अगाडि बढाउँदै लैजाने उल्लेख गर्नुभएको छ ।

‘इलाममा सुहाङ, हार्दिक बधाई !! इलामका मतदातालाई धन्यवाद ११ मैले अस्ति चुलाचुली पुग्दा सुहाङलाई सोधेको थिएँ- कति भोटले जितिन्छ ? सुहाङले भन्नु भएको थियो – इलामेली जनतालाई सोध्नु पर्छ । आज अन्तिम परिणाम आयो – ५८३० मतान्तरले जीत भयो ।’ अध्यक्ष ओलले भन्नुभएको छ, ‘हाम्रो पार्टीले नेतृत्वमा युवाहरुलाई अघि सार्दै आएको छ, आशालाग्दा युवाहरुलाई अझ अगाडि बढाउँदै जाने छ । फेरि बधाई सबै इलामेलीलाई !!’

footer