kumari
stcnepal

आज नेपाल र वेस्ट इन्डिजको ‘ए’ बिचको तेस्रो टी–२० क्रिकेट

काठमाडौँ । नेपाल र वेस्ट इन्डिजको ‘ए’ टोलीबिचको तेस्रो टी–२० क्रिकेट बुधबार खेलिने छ ।

खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अपराह्न १२ः१५ बजे सुरु हुनेछ । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको पाँच खेलको शृङ्खला हाल १–१ को बराबरीमा छ ।

शृङ्खलाको पहिलो खेलमा घरेलु टोली नेपालले वेस्ट इन्डिजलाई चार विकेटले पराजित गरेको थियो । शृङ्खलाको दोस्रो खेलमा भने भ्रमणकारी टोली वेस्ट इन्डिजले नेपालमाथि १० रनको रोमाञ्चक जित हासिल गरेको थियो ।

footer