kumari
stcnepal

माधव नेपाल र उपेन्द्र यादवकै कारण जसपा नेपाल विभाजित

माधव नेपाल र यादवको बागेनिङ्ग समाप्त

काठमाडौं । पछिल्लो समयमा नेपालको राजनीति संकटतर्फ उन्मुख हुँदै गएको छ । राजनीतिक दलहरुले एकले अर्कोलाई विश्वास गर्न नसकेको कारण र प्रधानमन्त्री कै रहरले गर्दा र राजनीतिक दलप्रति जनताको विश्वास गुम्दै गएको छ । राजनीतिक दलहरुले आ–आफ्नो हैसियत विर्सिएर प्रधानमन्त्रीको रहरले गर्दा सरकार नै धरापमा पर्ने सम्भावना बढ्दै गएको छ । राजनीतिक दलहरु विभाजित हुनु कुनै अर्थमा राम्रोे भन्न सकिदैन । नेपालको संविधान अनुसार कुनै एक दलले बहुमत ल्याउने अवस्था नरहेकोले गर्दा मिलिजुली सरकार निर्माण गर्नुपर्ने बाध्यता दलहरुलाई रहेको छ ।

राजनीतिक दलहरु आ–आफ्नो दलहरुको हैसियत निति,सिद्धान्त र विचारका आधारमा सरकार निमार्ण गर्नुपर्नेमा आफ्नो पार्टीको सिद्धान्त निति र विचारलाई थाती राखेर सरकार निर्माण गर्ने गरेका हुनाले सरकार स्थिर हुन सकेको छैन । २०७९ पुष १० गते नेकपा एमाले सहितको माओवादी केन्द्र लगायतका अन्य दलहरुको सहयोगमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बनेका भएपनि दाहालले २०७९ फागुन २५ गते एमाले सहितका दलहरुको गठबन्धन तोडेर कांग्रेससँग गठबन्धन गर्न पुगे । त्यसबेला नेकपा एमाले सहित रास्वपालाई बाहिर राखियो । कांग्रेससँग गठबन्धनको नेतृत्व गर्दै प्रधानमन्त्री दाहालले एक वर्षसम्म सरकार चलाए । तर कांग्रेससँगको गठबन्धन आफ्नो पार्टीलाई कम्फर्टेवल नभएको भन्दै २०८० फागुन २१ गते कांग्रेससँगको गठबन्धन तोडी फेरी एमालेकै गठबन्धनमा प्रधानमन्त्री फर्किएपछि प्रधानमन्त्री दाहालकै कारण अहिले सरकारलाई संकट पैदा भएको छ ।

एउटै दलको बहुमत नभएकाले गर्दा सानो दलहरुको समर्थन लिएर सरकार निमार्ण गर्नुपर्ने बाध्यता रहेकोले गर्दा साना दलहरुले बेला बेलामा आ–आफ्नो स्वार्थ पूरा गर्ने गरी बागेनिङ्ग गर्दै सरकार ढाल्ने अभिव्यक्ति दिदैं आएका थिए । कांग्रेस र एमाले मिलेर सरकार निर्माण गर्न सकेको खण्डमा साना दलको बागेनिङ्ग अन्त्य हुने र सरकार पनि स्थिर हुने भएकाले गर्दा अब कांग्रेस र एमाले मिलेर आ–आफ्रनो स्वार्थ छोडेर सरकार निर्माणगरी मुलुकको विकासमा लाग्नु नै अहिलेको आवश्यकता हो । साना दलहरुको घुर्की र सरकार ढाल्ने प्रयासले गर्दा कर्मचारी तन्त्रमा समेत नराम्रो प्रभाव परेको छ । त्यसमा पनि जसपा नेपाल विभाजित भएको छ ।

जसपा नेपालका संघीय संसदमा १२ सांसद रहेका थिए । १२ मध्येका अशोका राईले नेतृत्व गरेको जसपामा ७ सांसद गएका हुनाले उपेन्द्र यादवले नेतृत्व गरेको जसपा नेपालमा अब ५ सांसद मात्र रहेकाले गर्दा यादवको बागेनिङ्ग पावर समाप्त भएको छ । अर्को तर्फ राष्ट्रिय पार्टी समेत बन्न नसकेको माधव नेपालले नेतृत्व गरेको एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले आफ्नो पार्टीका १० सांसदलाई देखाउँदै सरकार निर्माण गर्न र सरकार ढाल्न आफ्नो पार्टीको महत्वपूर्ण भूमिका हुने भन्दै यही संसदको कार्यकालमा आफूलाई प्रधानमन्त्री बनाउन कांग्रेस,एमाले र माओवादीलाई दबाब दिर्दै आएका र आफूले दाहाल सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएमा जसपा नेपालले समेत फिर्ता लिने भन्दै सरकारलाई धम्काई रहेको अवस्थामा जसपा नेपाल विभाजित भएको छ । जसपा विभाजित हुन माधव नेपालको धम्काईले समेत काम गरेको छ ।

२०७९ मंसिरमा भएको निर्वाचनमा कांग्रेस,माओवादी,एकीकृत समाजवादी,जसपा नेपाल र जनमोर्चाले गठबन्धन गरेर निर्वाचनमा गएका भएपनि उनीहरुले निर्वाचनपछि सरकार निर्माण गर्न सकेनन् । कांग्रेसले आफ्नो पार्टी ठूलो भएकोले आफूले नै प्रधानमन्त्री पाउनुपर्ने अडान लिएपछि सत्ता स्वार्थलाई ध्यानमा राखेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेकपा एमालेको शरणमा पुगेर प्रधानमन्त्री बन्न सफल भए,तर आफूलाई प्रधानमन्त्री बनाउने एमालेलाई उनले दुई महिना नपुग्दै धोका दिएर पुनःमुसीको भवः भने जस्तै कांग्रेसको शरणमा पुगे ।

कांग्रेसलाई समेत एक वर्षपछि धोका दिएर दाहाल फेरी एमालेको शरणमा पुगे । यसरी पटक-पटक कांग्रेस एमालेलाई धोका दिएर प्रधानमन्त्री रहन सफल भएका दाहाललाई पछिल्लो समयमा माधव नेपालले समेत सरकार ढाल्ने अभिव्यक्ति दिएका र आफूलाई प्रधानमन्त्री बन्ने आधार नबनाए सरकार नै ढाल्ने रणनीतिमा नेपाल लागेका र उनलाई उपेन्द्र यादवले समेत सहयोग गर्ने भन्दै उनी कांग्रेससँग सहकार्य गर्न तयार भएका कारण जसपा नेपाल विभाजित भएको हो ।

कांग्रेससँग नेपालले देउवा,यादव आफू आलोपालो प्रधानमन्त्री बन्ने समझदारी गरेपछि जसपा नेपाल विभाजित भयो । जसपा नेपाल विभाजनपछि अब माधव नेपाल र उपेन्द्र यादवको पार्टी बाहेक नै सरकारलाई बहुमत पुग्ने भएपछि माधव नेपालले र उपेन्द्र यादवले सरकारलाई समर्थन जारी राख्ने निर्णय गरेका भए पनि एकीकृत समाजवादी विभाजित हुने अवस्थामा पुगेको हुनाले माधव नेपालले बाध्य भएर सरकारलाई समर्थन जारी राख्ने निर्णय गराएको समाजवादीकै नेताहरुले बताएका छन् ।

footer