kumari
stcnepal

बाहिर देखिएजस्तो सहज अवस्थामा छैन राजनीति

लामो समयदेखि नेपालको राजनीति सहज अवस्थामा रहेको छैन । राजनीतिक दलहरुले राजनीतिलाई अ–आफ्नो स्वार्थ अनुसार प्रयोग गरिरहेकाले गर्दा राजनीतिक दलहरुप्रति नै एकले अर्कोलाई विश्वास गर्न नसकेका हुनाले एकअर्काप्रति अविश्वास बढ्दै गएको छ । २०७९ मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी गठबन्धन गरेर निर्वाचनमा गएका थिए । त्यस गठबन्धनले समेत बहुमत ल्याउन सकेन भने नेकपा एमाले केही सिटमा गठबन्धन गरेर निर्वाचनमा गएको भएपनि अधिकांश निर्वाचन क्षेत्रमा ऊ एक्लै निर्वाचनमा गएको थियो । कांग्रेस सहितको गठबन्धनमा कांग्रेसले ८९, माओवादीले ३२, एकीकृत समाजवादीले १० र जसपाले १२ सिटमा विजय हाँसिल गरेको थियो । सो गठबन्धनले बहुमत ल्याएकोे भएपनि निर्वाचन पछिको प्रधानमन्त्रीको बन्ने भन्नेमा विवाद उत्पन्न भएपछि माओवादी केन्द्रका अध्यक्ष प्रधानमन्त्री बन्न नपाउने अवस्थामा पुगे त्यही कारणले गर्दा उनी प्रधानमन्त्री बन्नका लागि नेकपा एमालेका शरणमा पुगेर प्रधानमन्त्री बन्न सफल भए । एमालेको सहयोगमा सत्ता समिकरण भएपनि पुष्पकमल दाहाल प्रधानमन्त्री बनको दुई महिना नपुग्दै पुन नेपाली कांग्रेससँग सत्ता समिकरण गर्न पुगे । यसै कारणले गर्दा कांग्रेसले आफ्नो पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउन सफल भयो । कांग्रेसले आफ्नो पार्टीले प्रधानमन्त्री पाउन सक्ने अवस्था नरहेपनि राष्ट्रपति भने पाएको छ । त्यो पनि प्रधानमन्त्री दाहालकै सहयोगमा ।

कांग्रेससँगको सत्ता समिकरण करिब एक वर्ष चलेपछि पुन प्रधानमन्त्री दाहाल नेकपा एमालेसँग सत्ता समिकरण गर्न बाध्य भए । यसरी पटक पटक सत्ता समिकरण फेरिँदै जानुमा पुष्पकमल दाहालको अस्थिर राजनीतिक चरित्र नै । कुनबेला कुन दलसँग मिल्दा आफ्नो स्वार्थ पूरा हुन्छ उनी त्यसै गर्न तयार रहने भएकाले गर्दा व्यक्तिगत रुपमा उनलाई फाइदा भएपनि मुलुकलाई घाटा भईरहेको छ । राजनीतिले नै मुलुकलाई अघि बढाउने हो अस्थिर चरित्रको सरकार हुँदा जनताले आफूलाई आवश्यक पर्ने सेवा सुविधा नपाउने र विकास निर्माणमा समेत अवरोध हुने कर्मचारीतन्त्रले अस्थिर राजनीतिको फाइदा उठाउने गरेका हुनाले नै जनतामा निराशा र राजनीतिज्ञहरु प्रति वितृष्णा बढ्दै गएको छ । यस्तो अवस्था सिर्जना हुनु भनेको जनतालाई धोका दिनु मात्र नभएर विकास निर्माणमा भन्दा आफ्नै पार्टीगत र व्यक्तिगत स्वार्थ पूरा गर्नु नै हो । पुष्पकमल दाहाल जस्तोसुकै अवस्थामा पनि मुलुकको राजनीति आफ्नै वरिपरि घुमाउन चाहान्छन् उनलाई कहिले कांग्रेस र एमालेलाई सहयोग गरिरहेको जस्तो देखिएपनि वास्तवमा दाहालले नै कहिले कांग्रेस र कहिले एमालेलाई प्रयोग गरि आफ्नो स्वार्थ पूरा गरिरहेका छन् । अहिलेको वास्तविकता भनेको यही हो ।

राजनीति कहिल्यै पनि सरल मार्गमा चल्दैन । जालझेल गरेरै भएपनि आफ्नो स्वार्थ पूरा गर्न सक्ने व्यक्तिलाई सहयोग र समर्थन गर्न दलहरुको जनताप्रतिको अविश्वास हो । बहुमतले सरकार सञ्चालन गर्ने र अल्पमतमा रहेका दलहरु विपक्षमा बसेर सरकारको निगरानी गर्नुपर्ने विश्वव्यापी सिद्धान्त भएपनि हामीकहाँ भने त्यस्तो हुन सकेको छैन । फाइदा लिने बेलामा सत्ता पक्ष र विपक्षीहरु एकै ठाउँमा उभिने गरेका छन् तर उनीहरु जनताका समस्या समाधान गर्न एकै ठाउँमा उभिन सकेको देखिएको छैन । त्यसको एउटै कारण हो पार्टीगत स्वार्थ । पार्टीगत स्वार्थलाई त्यागेर जनताको हितमा लाग्ने हो भने अहिले कांग्रेस र एमाले मिलेर सरकार बनाउनुको विकल्प देखिँदैन । यदि त्यसो भएमा स्थिर सरकार बन्न सक्छ । स–साना ८/१० सिटका पार्टीहरुलाई मिलाई रहनुपर्ने आवशयकता समेत हुँदैन भने साना दलहरुका दोकान समेत बन्द हुने निश्चित जस्तै रहेको छ । तर उनीहरु मिल्न नसकेको कारण हो प्रधानमन्त्री दाहाले खेलाउनु ।

हालै सम्पन्न भएको इलाम र बझाङको निर्वाचनले साना दलहरुको हैसियत देखाई दिएको छ । कांग्रेस, एमाले बाहेक अन्य दलहरुले जमानत सम्म बचाउन नसकेको अवस्थामा तिनै साना दलहरुलाई साथ लिएर सरकार चलाईरहनु भनेको दाहाललाई समेत फलामको च्युरा चपाउनु सरह भएको हामीले ठानेका छौँ । त्यसैले गर्दा अब कांग्रेस–एमाले मिल्नुको अर्को विकल्प छैन ।

footer